गणेशमान सिंहको जस्तो निष्ठा र त्याग गर्ने नेतृत्व पार्टीलाई चाहिन्छ ; यूवा नेता शाह
काठमाडौं, नेपाली कांग्रेसका यूवा नेता राजीव विक्रम शाहले अब अग्रज नेताहरुले विश्राम लिएर यूवा नेतृत्वलाई पार्टीको नेतृत्व हस्तानतरण गर्नु पर्ने बताउनुभएको छ ।
कांग्रेस संस्थापक नेता तथा लौह पुरुष गणेशमान सिंहको आज २३ औं दिवसको अवसरमा सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यस्तो बताउनुभएको हो । उहांले मलुकमा जारी वर्तमान राजनीतिक संकट र पार्टी भित्रै विभिन्न गुटउपगुटको राजनीति मौलाउनुले आम जनतामा निराशा छाएको भन्दै गणेशमान सिंह जस्तै आर्दश र निस्वार्थ राजनीति गर्ने दुरदर्शी नेताको आवश्यक रहेको बताउनुभयो ।
“निष्ठा र त्यागका प्रतिमुर्ति २०४६ सालको एतिहासिक जनआन्दोलनका कमान्डर लौह पुरष सर्वोच्च नेता गणेशमान सिंहको २३ औं स्मृति आज उहाँप्रति हार्दिक श्रदासुमान व्यक्त गर्दै ट्वीटरमा लेख्नुभएको छ ।
साथै उहांले आजको माग समय परिस्थितीले पनि यस्तै नेता खोजेको छ अग्रज नेताहरुले यस्तो कुरा अनुसरण गर्नुपर्ने आवश्यक छ नेपाली कांग्रेसका पूर्व सांसद समेत रहनुभएका नेता शाहले ट्वीटर मार्फत सबै नेतृत्व वर्गले सोच्नु पर्ने र उहांको आर्दशलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।