महिला पत्रकार जंगलमा मृत फेला

काठमाडौँ, कैलालीमा कार्यरत एक महिला पत्रकार जंगलमा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ घर भएकी २४ वर्षीय निर्मला पहराई शुक्रवार दिउँसो जंगलमा मृत अवस्थामा भेटिएकी हुन् । सोही नगरपालिका(५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा पहराई फेला परेकी हुन् ।

कैलाली एफएममा कार्यरत पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन् । हाल शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।