उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबारमात्र उपत्यकामा ७३७ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५७३ पुगेको छ। ८७१ जना संक्रमण मुक्त भएका छन् ।