नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन २, शुक्रबार १६:२८
प्रकासित समय : १६:२८
काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४३ हजार ८२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १७ हजार ३८३ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २९५ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ८८ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ७३६ रहेका छन् । आज ११ हजार ४५८ जनाको पिसिआर परिक्षण गरिएको छ ।