कर्णाली आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज शुक्रबार थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएकामध्ये सबैभन्दा धेरै पश्चिम रुकुमका २३ जना छन्।चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा चौरजहारी नगरपालिकाका विभिन्न वडाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेतमा ६ जना, सल्यानमा ५ जना र मुगुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा यी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।आज थपिएका ३५ सहित कर्णली प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार ६३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न आइसोलेसनबाट १६ जना डिस्चार्ज भएका छन्।योसहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६४९ पुगेको मन्त्रालयले जानकारी दिएको छ।कर्णालीमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।