जनकपुर आइपुग्यो रेल
प्रकासित मिति : २०७७ आश्विन २, शुक्रबार १५:५६
प्रकासित समय : १५:५६
काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो ।
लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म हेर्ने स्थानीयको घुँइचो लागेको छ । नेपाल सरकारको १ अर्बको लागतमा चारवटा इन्जिनसहित दुई सेट रेल ल्याइएको हो । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो ।
जनकपुरको पुरानो रेल्वे स्टेसनमा रेल हस्तान्तरणको लागि धनुषाको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा एक कार्यक्रमसमेत राखिएको छ।