संविधान दिवसको अवसरमा राप्ती गाउँपालिकामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु
भालुवाङ, संविधान दिवस २०७७ कोअवसरमा राप्ती गाउँपालिकाले मैत्रीपुर्ण व्याटमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । संविधान दिवस ९राष्ट्रिय दिवस० हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगीता शुक्रवार देखि गाउँपालिकामा सुरु भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरु विच प्रतियोगीताको आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सुरु भएको खेलमा प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको छ । त्यस अवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमान्नद सुवेदीले कर्मचारीहरुलाई संविधानको मर्म अनुसार नागरिकको सेवामा खट्न आग्रह गररेका छन् । राप्ती गाउँपालिकाले असोजको २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउन सबैमा अनुरोध समेत गरेको छ ।
संविधान दिवशको अवसरमा सुरु भएको ब्याडमिन्टन प्रतियोगीताको विजेता टिमलाई ३ गते समापन कार्यक्रममा आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिएका छन् ।