कालोबजारी गर्नेलाई १५ लाख जरिवाना

काठमाडौँ, प्याजमा कालोबजारी गर्नेलाई कार्बाही गरेको छ । बजार अनुगमनको क्रममा ८ ब्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ जना ब्यापारीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको जरिवाना गरेको छ । भारतले प्याजको निर्यातमा रोक लगाएपछि बजार अनुगमनको क्रममा कृत्रिम अभाव गराएर तेब्बर मूल्यमा बिक्री गरिएको पाएपछि कारबाही गरिएको विभागले जानकारी दिएको हो ।

विभागले उक्त ब्यापारीहरुलाई उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरेको हो ।