उपमहानगर कमिटीद्धारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान
प्रकासित मिति : २०७७ आश्विन २, शुक्रबार १३:०६
प्रकासित समय : १३:०६
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालगन्ज उपमहानगरपालिका कमिटीले भेरी अस्पताल कोविड-१९ आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कमिटीले ४१ वटा पल्स अक्सिमिटर भेरीलाई प्रदान गरेको हो ।
नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी इन्चार्ज अक्कल बहादुर बम, सचिव दत्तप्रदाद आचार्य लगायत नगर कमिटी सदस्यहरु, भेरी अस्पताल बिकास समिति अध्यक्ष प्रमोद धिताल लगायत समिति सदस्यहरु, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, भेरी अस्पताल कोविड-१९ आइसोलेसन केन्द्रका प्रमुख डा. श्यामसुन्दर यादव, नर्सिङ बिभाग प्रमुख लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।