कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।भरतपुर अस्पतालको आईसीयूमा उपचाररत पर्साको हरिहर गाउँपालिकाका ५५ वर्षिय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

मिर्गौलाको डायलसिस गर्दै आइरहेका ती पुरुषलाई कोरोनाको लक्षणसहित श्वासप्रश्वासमा समस्या आएपछि भदौ १८ गते अस्पताल भर्ना गरिएको थियो । सोहि दिन ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।आईसोलेसनमा राखेर उपचार भैरहेको ती पुरषको स्वास्थ्यमा सुधार नआएपछि २३ गते आईसीयूमा सारिएको थियो । नियमित रुपमा डायलसिस पनि भैरहेको थियो ।

उपचारको क्रममा शुक्रबार मृत्यु भएको उपचारमा संग्लन चिकित्सकले बताए ।