गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस संक्रमित

पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोतीका १५ जना र गैंडाकोटका ११ जना छन् । तनहुँका सुक्लागण्डकीका २ जना र पोखरा महानगरपालिका २ जना रहेका छन् ।संक्रमितमध्ये कावासोती २ का ३९ र २० बर्षीय, कावासोती ३ का ४१ बर्षीय गरि ३ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेका छन् । अन्य सबैको कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।