कोरोना भाइरस संक्रमणबाट चितवनमा एक युवकको मृत्यु

चितवन, कोरोना भाइरस संक्रमणबाट चितवन मेडिकल कलेजमा एक युवकको मृत्यु भएको छ ।

कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुली नगरपालिका–११ का ३१ वर्षीय एक युवकको मृत्यु भएको हो ।२६ गते कोरोना पुष्टि भएका उनको गए राति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर ती युवकको उपचार भइरहेको थियो । चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ ।