नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु

भालुवाङ ,  दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकास कुँवरको मृत्युु भएको इलाका प्रहरी कार्यालय भालुबाङ प्रहरीले जनाएको छ ।

विहान करिव साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते कुंवरको अवेर मात्र उद्वार भएको थियोे । कुँवरको उपचारको क्रममा शुक्रवार बिहान ७ बजे लमहीमा मृत्यु भएको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।