कोभिड-१९ अहिलेसम्मकै ठूलो संकट निमत्यो : मन्त्री ज्ञवाली

भैरहवा, सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘विश्व अर्थव्यववस्था नै सबैभन्दा कमजोर अवस्थामा छ। हाम्रो पुस्ताको लागि यो समय सबैभन्दा ठुलो चुनौती हो। यस्तो कष्टपूर्ण अवस्थामा पनि नागरिकको सहयोगका कारण सरकारले राम्रो काम गरिरहेको छ।’

मन्त्री ज्ञवालीले मानवीय जीवनलाई पुरानै लयमा फर्काउने गरी सरकारले काम गरिरहेको बताए। उनले भने, ‘जनताको जीवनमा थप अप्ठ्यारो नपरोस् भनेर सरकार सचेत छ। ६ महिनादेखि कहिले लकडाउन, कहिले निषेध आदेश छ। हामी यतिबेला स्वास्थ्य र आर्थिक संकटसँग जुधिरहेका छौं।’

मन्त्री ज्ञवालीले नियमित सवास्थ्य मापदण्ड अपनाउने बाहेक अरु विकल्प हाललाई नभएको बताए।