पचालझरना गाउँपालिका स्थित नवकिरण आधारभुत विद्यालयको दुई कोठे भवन उदघाटन

कालिकोट, जिल्लाको पचालझरना गाउँपालिकामा रहेेेकोमा रहेको एउटा आधारभुत विद्यालयको दुईकोठे पक्कि भवनको उदघाटन गरिएको छ । बिहिबार गाउँपालिकाको वडा नं ५ स्थित नवकिरण अाधारभुत बिधालयको दुई कोठे भवन उद्घाटन गरिएको हो ।करिब २० लाख बजेट लागतमा बनेको दुई कोठे पक्कि भवनको आज एक अौपचारिक कार्यक्रमका बिचमा उदघाटन गरिएको छ ।बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष अंगे कुमालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष खड्ग राज सेजुवाल रहनु भएको थियो । भने विशेष अथिति वडा नं. ४ का अध्यक्ष अरुण रोकाया, वडा नं. ५ का वडाध्यक्ष बिर्षलाल अाचार्य, देउमल कुमाल लगायत बिभिन्न राजनितीक दल र बुद्धिजीवीहरुको उपस्थित रहेको थियो ।
साथै कार्यक्रमको अन्तमा बिद्यालय प्राङ्गणमा धुपि सल्लाको ५० वटा बिरुवा रोपेर कार्यक्रमको समापन गरिएको थियो ।