नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस संक्रमन पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १, बिहीबार १७:०३
प्रकासित समय : १७:०३
काठमाडौँ, नेपालमा थप १ हजार २४६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२४३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १६ हजार २४१ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ७ हजार ९०३ जना रहेका छन् । होम आइशोलेशनमा ८ हजार ८३० रहेका छन् ।