देउखुरीको सिसहनियाँमा कुखुरा चोरको बिगबिगी

दाङ, देउखुरीको सिसहनियाँमा पछिल्लो समय कुुखुरा चोरको बिगबगी बढेको छ । दाङमा रातीको समयमा गरिएको लकडाउनको मौका छोपेर चोरले रातीको समयमा कुखुराको खोरबाट कुखुरा चोर्ने गरेको छ ।

यसैबीच बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा गएराती एक घरबाट दुईवटा कुखुरा चोरी भएको छ । रातीको करिव १२र१ बजेको समयमा कुखुराको खोरबाट २ वटा गिरिराज प्रजातीको ५र५ किलोको भाले चोरी भएको पिडित रविना चौधरीले जानकारी दिएकी छिन् । घरमा सवै सुतेका बेला चोरी भएको पिडितले बताएकी छिन् ।

दुई वटा भाले चोरी हुँदा ७ हजार घाटा लागेको उनले बताएकी छिन् । खोरमा भएका २० वटा भाले मध्ये २ वटा कुखुराको भाले चोरी भएको हो । त्यस्तै केहि दिन अघि राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा विभिन्न व्यक्तिहरुको कुुखुरा र बाख्रा चोरी भएको बताइएको छ ।