दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
प्रकासित मिति : २०७७ आश्विन १, बिहीबार १६:०१
प्रकासित समय : १६:०१
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा मधुसुदन पौडेल, महासचिबमा गेहेन्द्र वली र कोषाध्यक्षमा गणेश आरसी चयन हुनुभएको छ ।त्यसैगरी प्रालिको सदस्यहरुमा बसन्त केसी, बशिकुमार शर्मा, मदन आचार्य र दिपु गिरी चयन हुनुभएको छ भने प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको प्रालिले जनाएको छ।
सो अवसमार नवनिर्बाचित अध्यक्ष बिनोद कुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफु निरन्तर लागिपर्ने बताउनुभएको थियो ।