नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस शितल निवास पठाएको थियो।राष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेको थियो ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको पदमा गौतमलाई सदस्य बनाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिले गौतमलाई मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।