रुपन्देहिमा तत्काल सार्वजनिक यातयात नचल्ने

काठमाडौँ, सरकारले आजबाट देशभर सार्वजनिक यातयात चल्ने निर्णय गरेपनि रुपन्देहीमा भने सार्वजनिक यातयात नचल्ने भएको छ ।

रुपन्देहीमा असोज ४ गतेसम्म लकडाउन जारी रहेकाले आजैबाट सार्वजनिक बसहरु चल्न नसक्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।अहिले कोरोना भाइरसको संक्रमण पनि एकदमै धेरै बढिरहेको छ ।

पछिल्लो समय जारी गरिएको निषेधाज्ञाको अवधि पनि नसकिएको कारण तत्कालै सार्वजनिक बसहरु नखुल्ने उनले बताए ।