डलर साट्ने बाहानामा एक युवकको ५ लाख ठगि

काठमाडौं, डलर साट्ने बाहानामा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो।

ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाएर ठगी गरेको खुलाशा भएको छ ।डलर लिएर कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर ३ जना अपरिचित व्यक्तिहरु रकम लिएर फरार भएको प्रहरीले जनाएको छ।

फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।