कांग्रेस सभापति देउवा होम आइसोलेशनमा
प्रकासित मिति : २०७७ आश्विन १, बिहीबार १३:०२
प्रकासित समय : १३:०२
काठमाडौँ, सचिवालयका कर्मचारीहरु कोरोना संक्रमित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेशनमा बसेका छन् ।
सचिवालयका सातजनाको स्वाब परीषक्षण भएकोमा दुईजनामा संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेशनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने बताइएको छ ।
देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ ।