जिन्दगि बुझ्न एकछिन चिहान अघि रोकिनुपर्ने रहेछ !
प्रकासित मिति : २०७७ आश्विन १, बिहीबार ०८:०३
प्रकासित समय : ०८:०३
खुशीहरु चुहिदै जाने रहेछ दुखैदुखले भरिनुपर्ने रहेछ,
जिन्दगि बुझ्न एकछिन चिहान अघि राेकिनुपर्ने रहेछ!
बाटो यौटै होस् तथापी गन्तव्य अलग हुन्छ हरेकको
फेरि भेटिने झिनो आसमा यात्रिहरु छुट्टिनुपर्ने रहेछ!
आखिर मनसँग मन मिलेपछि न हाे प्रेमले जन्म लिने
नजरसँग मात्र मिलेका नजर आँसुसँग तुहिनुपर्ने रहेछ!
बहुत हिम्मतिलो हुनुपर्छ, आफुले आफैलाई बर्बाद गर्न!
हिम्मत नभए प्रेम सागर तर्ने चाहना मेटाइदिनुपर्ने रहेछ
आफ्नालाइ त कमजाेरि पहिले देखि नै थाहा हुन्छ !
जित हाँसिल गर्नका लागि दुश्मनसँग जाेडिनुपर्ने रहेछ।
देवचुलि -१३ ,नवलपरासि