६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै
काठमाडौं, विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन ।
झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो ।
सवारी साधन सञ्चालन गर्ने तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बस सञ्चालनका लागि बुधबार नै सबैलाई अनुरोध गरेको थियो ।
विज्ञप्तिमार्फत सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको थियो । सार्वजनिक यातायात सञ्चालनका क्रममा चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजरको अनिवार्य प्रयोग गर्नुपर्ने छ ।
यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड गर्न पाइने छैन । सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र सेवा सञ्चालन हुनेछ । यसको अनुगमन ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले गर्नेछ ।