४० प्रहरीसहित पोखरा ६६ जनामा काेराेना पुष्टि

पोखरा, कास्कीको पोखरा महानगरपालिका ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज (बिहीबार) कास्कीको पोखरा महानगरका विभिन्न वडामा ६६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

पोखरामा थपिएका संक्रमितमध्ये ३९ पुरुष र १ महिला नेपाल प्रहरीमा कार्यरत छन्। त्यस्तै लमजुङमा ५ जना संक्रमित थपिएका छन्। थपिएका सबै संक्रमित बेशिसहरका हुन्।

त्यस्तै तनहुँमा ३ जना संक्रमित थपिएको निर्देशनालयले जानकारी दिएको छ। आज थपिएका ७४ जनासहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३ हजार २८० पुगेको छ।