देशभर भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना संक्रमित

काठमाडाैं, कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।

प्रदेश १ मा एक, बागमती प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै १८२ जना आईसीयूमा उपचाररत छन्। प्रदेश १ मा सात, प्रदेश २ मा नौ र बागमती प्रदेशमा १२९ जना आईसीयूमा छन्। गण्डकीमा ६, प्रदेश ५ मा २२ र कर्णाली प्रदेशमा ९ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ