काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं,  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौंका ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ६१८ जना हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ८२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।