सिरहा कारागारमा एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ३१, बुधबार १८:१९
प्रकासित समय : १८:१९
जनकपुर, सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ ।कुल ५९९ कैदीबन्दी रहेको सिरहा कारागारमा अहिलेसम्म ५ सय जनामा कोरोना संक्रमण भइसकेको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा परीक्षण गरिएकोमा बुधबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कारागार सिरहाकी प्रमुख बबिता महतोले बताइन्।
जिल्ला कारागार सिरहामा १५० जनामात्रै कैदी राख्ने क्षमता भए पनि अहिले सो कारागारमा ५९९ जना छन्।संक्रमित कैदीमा २७७ जना पुरुष, २० महिला र २ बालबालिका छन्। सबै संक्रमित कैदीहरु कारागारमै छन्।