नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ।

हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्।

१७३ जना संक्रमित आईसीयूमा छन् भने भेन्टिलेटरमा २६ जना छन्।