नेपालमा  थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा  थप १ हजार ५३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५३९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हाल नेपालमा १६ हजार २४२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार ५४१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ७०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार ८२० रहेका छन् । आज १० हजार ४९४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ । आज थप ८जनाको मृत्यु भएको छ ।