कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत प्रदेश अस्पताल र पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरहजारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेखका २ जना, जाजरकोट, उदयपुर, रुकुमपश्चिमका १र१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९१४ पुगेको छ । जसमा २ हजार ६०५ जना उपचारपछि निको भैसकेका छन् । यस्तै, प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।