नेपाल प्रजातान्त्रिक महासंघको सूचना,प्रविधि तथा प्रचार विभागको संयोजकमा पराजुली

काठमाडौँ, नेपाल प्रजातान्त्रिक महासंघ नेपालको केन्द्रिय बैठकले “नेपाल प्रजातान्त्रिक महासंघको सूचना,प्रविधि तथा प्रचार विभागको संयोजकमा वरिष्ठ संचारकर्मी रोजी ढकाल पराजुली नियुत्त हुनुभएको छ ।महासंघ तथा संगठन विभागको मंगलबार बसेको पदाधिकारी बैठकले ’नेपाल प्रजातान्त्रिक महासंघको आमन्त्रित केन्द्रिय सदस्य समेत रहनु भएका पराजुली सहित ५ जना सदस्यहरु नियुत्त भएको हो ।

प्रचार विभागमा लामो समय देखि पत्रकारिता क्षेत्रमा काग गर्दै आउनुभएका वरिष्ठ पत्रकारहरु निरज तामाङ,नकुल अर्याल,रिना खनाल र सन्तोषी अधिकारी रहनुभएको छ । महासंघको मंगलबार बसेको बैठकले संयोजकमा ढकाल सहित सबैलाई सर्वसम्मत ढंगले नियुत्त गर्ने निर्णय गरेको महासंघका महासचिव भक्तराज भुषालले जानकारी दिनुभयो । संयोजकमा नियुत्त हुनुभएका वरिष्ठ संचारकर्मी ढकाल नेपाली कांग्रेसको कृयाशिल सदस्य र नेपाली कांग्रेस काठमान्डौ महानगरपालिका वडा नं २९ को वडा समिति सदस्य दोस्रो कार्यकाल सम्म कार्यकाल सम्हाली सक्नु भएको छ ।

केही महिना अघि उहां नेपाल प्रजातान्त्रिक महासंघमा आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त हुनुभएको थियो । पत्रकार तामाङ विगत १५ बर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । उहांले २०६२–६३ सालदेखि केही बर्ष रेडियोमा र त्यसयता टेलिभिजन पत्रकारितामा निरन्तर काम गरीरहनु भएको छ । उहांले यसअघि हिमालय टेलिभिजन,प्राइम टाइम्स टेलिभिजन र हाल उहां जनता टेलिभिजनमा कार्यरत हुनुहुन्छ । त्यस्तै सदस्यमा नियुक्त हुनुभएका वरिष्ठ पत्रकार अर्याल पनि करिव डेढ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमै हुनुहुन्छ ।

उहां पनि स्थानीय संवाददाता हुदै लामो समय टेलिभिजन पत्रकारिता गर्दे हाल अनलाइन पत्रकारितामा केन्द्रित हुनुहुन्छ । सदस्यमा नियुक्त हुनुभएका पत्रकार रिना खनाल र सन्तोषी अधिकारी पनि एक दशक अघि देखि नेपाली पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहनुभएको छ ।