डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ३१, बुधबार १५:०९
प्रकासित समय : १५:०९
डडेल्धुरा , डोटीमा कार्यरत ४०जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँ कार्यरत ४० नेपाली सेनामा संक्रमण देखिएको हो।
दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरु बक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित सबै जनाको स्वास्थ अवस्था सामान्य रहेको छ।
हालसम्म डोटी जिल्लामा एक हजार २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या १०१ जना छ।