समयले बस्तीमा अनिकाल बोकेर बसेको छ

 समयले बस्तीमा अनिकाल बोकेर बसेको छ
तयारीमा सरकार त्रीपाल बोकेर बसेको छ ।

कुन नजरले बझाङलाई कमजोर देख्दारहेछन
काखमा सेति शिरमा साइपाल बोकेर बसेको छ।

सोच्छु तिमिलाइ दिलको कोठामा बन्धक बनाउ
यो मनले मनभित्रै अर्को दलाल बोकेर बसेको छ।

बजारमा उस्को शरीरको कुनै मुल्याङ्कन गरीएन
जस्ले यती सुन्दर जिउडाल बोकेर बसेको छ।

यसकारण मैले मेरो जिन्दगी बगर भनेर भनेको हुं
दुख पीडा वेदना र रोदनका छाल बोकेर बसेको छ ।