काठमाडौं उपत्यकामा थपिए ७४७ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ।

काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना संक्रमित थपिएका छन्। यस्तै यस्तै सिरहामा २७४ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार देशभर आज ४०४ महिला र एक हजार १३५ गरी जम्मा एक हजार ५३९ जना संक्रमित थपिएका छन्।