नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। १०६२ जना संक्रमण मुक्त भएका छन् ।