नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र ३०, मंगलवार १६:३०
प्रकासित समय : १६:३०
काठमाडौँ , नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हाल नेपालमा १५ हजार ७७९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ८ हजार १३९ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६४० रहेका छन् । अहिले क्वारेन्टाइनमा ७ हजार २५० रहेका छन् । आज १० हजार ३७५ जनाको पिसिआर परिक्षण गरिएको छ ।