कर्तव्य ज्यान मुद्दाका फरार ब्यक्ति १० बर्ष पछि पक्राउ

अछाम, अछाममा कर्तव्य ज्यान मुद्दाका फरार ब्यक्तिलाई प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ ।जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ का चक्र थापाको हत्यामा अछाम जिल्ला अदालतबाट दोषी ठहर भएका गमान सिंह थापालाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

बिस २०६७ साल असोज ५ गते चौरपाटी गाउँपालिका वडा नम्बर १ सिउडीका चक्र थापाको हत्या गरी उनी फरार भएका थिए । हत्याको अभियोगमा ४ जनालाई भने केही दिनमै पक्राउ गरिए पनि थापा भने हालसम्म फरार रहेका थिए ।

उनलाई प्रहरीले घरबाटै आइतबार पक्राउ गरिएको अछामका प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।