विपी कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा मास्क बैंक स्थापना

दाङ,  विपी कोइराला युवा नेतृत्व विकास मञ्च राप्ती गाउँपालिकाले सोमबार राप्ती गाउँपालिका वडा नम्बर ५ को सिसहनियाँ बजार र वडा नम्बर १ को पुलचोक भालुवाङ बजारमा मास्क बैंक स्थापना गरेको छ । मास्क वितरणको कार्यलाई व्यापक बनाउन तथा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सो बैंक स्थापना गरिएको हो । आर्थिक रुपमा विपन्न परिवारहरुलाई सहयोग पु¥याउन मञ्चले राप्ती गाउँपालिकाको ती दुई स्थानबाट मास्क बैंक स्थापना गरेर सर्वसाधारण नागरिकलाई निशुल्क मास्क सहयोग गर्दै आएको मञ्चका अध्यक्ष आशिष पौडेलले जानकारी दिएका छन् ।

सिसहनियाँमा भएको मास्क बैंक स्थापना कार्यक्रममा मञ्चका राप्ती गाउँपालिकाका अध्यक्ष आशिष पौडेलको अध्यक्षता एवम् नेपाली काग्रेसका महासमिति सदस्य तथा पुर्व सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यता र भालुवाङमा भएको कार्यक्रममा मञ्चकै अध्यक्ष पौडेलको अध्यक्षता एवम् नेपाली कांग्रेसका महासमिति सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मास्क बैंक स्थापना गरी मास्क वितरणका लागि सिसहनियाँमा प्रहरी चौकी सिसहनियाँलाई र भालुवाङमा इलाका प्रहरी कार्यालय भालुवाङलाई जिम्मा लगाएको छ । त्यस अवसरमा मञ्चलाई विभिन्न व्यक्तिहरूले मास्क सहयोग गरेका छन् ।

जस अनुसार पुर्व सांसद सुशीला चौधरी, राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरीले १र१ हजार पिस, वडा अध्यक्षहरू विद्याशरण चौधरी, विष्णुबहादुर घर्ती क्षेत्री, गोवर्धन रावतले ५र५ सय पिस, श्याम निर्माण सेवाका तिलक गुप्ताले ५ सय , वडा अध्यक्ष वेदप्रसाद चौधरीले ३ सय ७५ पिस, कार्यपालिका सदस्य संजिप छिनालले २ सय ५० पिस, गणेश चौधरीले २ सय ५० पिस, दिपक सुवेदीले २ सय ५० पिस मास्क सहयोग गरेका छन् । त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले १ हजार पिस, वडा अध्यक्ष ताराबहादुर डिसीले ७ सय पिस, राप्ती उद्योग वाणिज्य संघका महासचिव सुरज खड्काले ५ सय पिस, युवराज भुसालले १ सय ५० पिस, विष्णु पाण्डेले १ सय पिस, नेपाली कांग्रेसका पुर्व महासमिति सदस्य तथा जिपी फाउन्डेसन जिल्ला सह संयोजक दोर्ण भुसालले २ सय पिस, युवराज न्यौपानेले ५ सय पिस, कर्णबहादुर पौडेलले ५० पिस र किशोर पुनले ५ सय पिस मास्क सहयोग गरेका छन् ।

कुल ८ हजार ८ सय २५ पिस मास्क मध्ये हालका लागि सिसहनियाँको मास्क बैंकमा ४ हजार ४ सय १२ पिस मास्क र भालुवाङ मास्क बैंकमा ४ हजार ४ सय १२ पिस मास्क रहेको मञ्चका अध्यक्ष पौडेलले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण मञ्चका क्षेत्रीय सदस्य सुरेश घिमिरेले गरेका थिए । १०७ औं वीपी जयन्तीको अवसर पारेर मञ्चले जिल्लाका दश वटै स्थानीय तहमा मास्क बैंक स्थापना गरेको छ ।