कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सुर्खेत, कर्णालीमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल गरिएको पीसीआर परीक्षणमा सोमबार जनप्रतिनिधि र सुरक्षाकर्मीसहित ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एकजना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी, दुईजना जनप्रतिनिधि, तीनजना बैंकका कर्मचारी, एकजना निर्माण व्यवसायी र दुईजना भारतीय आर्मीमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये वीरेन्द्रनगरका २१ जनासहित सुर्खेतका मात्रै थप ३९ जनामा संक्रमण छन् । दैलेखका सातजना, जाजरकोटका दुईजना र कालीकोटका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २८३५ पुगेको छ ।