उपत्यकामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ भाद्र २९, सोमबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा ५९७ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।