दाङकाे हापुर खोलाले बाेइलर कुखुरा बाेकेकाे गाडी बगायो
प्रकासित मिति : २०७७ भाद्र २९, सोमबार १०:३५
प्रकासित समय : १०:३५
दाङ , दाङकाे हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहान आएको बढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको गाडी बगाएपछि गाडीका चालक र सहचालकलाई उद्धार गरेको प्रहरीले जनाएको छ । खोलामा आएको बाढीमा आएका कारण अहिले अन्य सवारी साधन रोकिएका छन् । पानीको सतह बढेका कारण प्रहरीले सवारी आवागमन रोकेको छ ।
यता घोराही उपमहानगरपालिका–१० खैरीमा दुई वटा घरमा हापुर खोला पस्दा घर भत्किएको प्रहरीले जनाएको छ । गएराती परेको वर्षातका कारण खोला घरमा बाढी पस्दा घर भत्किएपनि मानविय क्षति हुन नपाएको नारायणपुर प्रहरीले जनाएको छ । घर भत्किएपछि घरमा रहेका अन्नपात सबै खोलाले बगाएको छ ।