अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध
दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको छ भने सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।
खोलामा पानीको बहाव बढ्दै गएका कारण सचेत रहन र यात्रा नगर्न समेत सबैमा एसपी चन्दले आग्रह गरेका छन् ।गएराती देखि दाङ सहित देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै भारी वर्षाको संम्भावना भएकोले सचेत रहन आग्रह गरेको छ ।दाङमा गएराती साढे २ बजेदेखि वर्षा शुरु भएको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको हो ।
गएराती साढे २ बजेदेखि साढे ५ बजेसम्मको मापन अनुसार जिल्लामा ४५ मिलिमिटर पानी परेको छ ।