गण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
प्रकासित मिति : २०७७ भाद्र २९, सोमबार ०८:३६
प्रकासित समय : ०८:३६
पोखरा, गण्डकीमा थप एक जना कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको उपचारको क्रममा लुम्बिनी अस्पतालमा मृत्यु भएको हो।
निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा निधन भएको हो । रुपन्देहीको लुम्बिनी अस्पतालमा उपचाररत ती पुरुषको स्वाब जाँच गर्दा संक्रमण पुष्टि भएको थियो । भदौ २६ गते दिउँसो उनको मृत्यु भएको थियो ।अस्पताल प्रशासनले जानकारी दिएपछि स्वास्थ्य निर्देशनालयले मृतकको संख्या थपिएको जनाएको छ ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।