नेकपाको सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना सार्वजनिक
काठमाडौं, सत्तारुढ नेकपाको संगठन विभागले मंसिर मसान्तसम्म पार्टीको सदस्यता नवीकरण गर्न सक्ने कार्ययोजना सार्वजनिक गरेको छ।संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले तीनमहिने कार्ययोजना बनाएको सदस्य खगराज भट्टले जानकारी दिए।
भट्टले भने। ‘असोजभित्र पार्टी सदस्यहरुको तथ्यांक संकलन, कात्र्तिकमा अद्यावधिक र मंसिर मसान्तभित्रमा नवीकरण गर्ने गरेर कार्ययोजना बनेको छ,’ उजुरीका सम्बन्धमा अर्को बैठकमा छलफल गर्ने भएको छ।‘तल्लो स्तरसम्म कार्यकर्तालाई वैचारिक र सैद्धान्तिक हिसाबले क्षमतावान बनाउन स्कुल विभागलाई अनुरोध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘प्रदेश, जिल्लालगायतमा देखिएका समस्याबारे पनि छलफल गरिएको छ।’
२६ भदौमा सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन प्रक्रिया प्रभावकारी रुपमा केन्द्रमा राखेर अगाडि बढ्ने निर्णयसमेत भएको उनले जानकारी दिए।स्थायी कमिटी बैठकले चैतमा महाधिवेशन गर्ने र पार्टी एकतालाई थप मजबुत बनाएर लैजाने निर्णय गरेसँगै नेकपाको संगठन विभागको बैठक बसेको हो।