देशभर ११७० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्‍यो

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ । पछिल्लो २४ घण्टामा ९७९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८७८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ५१ हजार ४०५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ११८ जना र होम आइसोलेसनमा ७ हजार २७५ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ८९२ जना क्‍वारेन्टिनमा रहेका छन् ।