देउखुरीको लालमटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरू
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीले अल्ट्रासोनो ग्राफी अर्थात भिडियो एक्सरे सेवा सुरु गरेको छ ।
स्वास्थ्य चौकीको सेवा बृद्धि भए संगै ल्याव सेवा, प्रसुति सेवालाई प्रभावकारी वनाउदै लैजानका लागि भिडियो एक्सरे सेवा पनि सुरु गरिएको मेडिकल अधिकृत पुष्प भुसालले जानकारी दिएका छन् । नियमित रुपमा गर्भवती सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकीलाई सेवामुखी तथा गर्भवती महिलाको बच्चाको अवस्थाबारे असंख्या जानकारी हासिल गरि स्वस्थ्य बच्चा जन्माउने कार्यमा सहयोग पुर्याउन गाउँपालिकाले सरोकारवालाहरुको समन्वयमा भिडियो एक्सरे सेवा सुचारू गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
अव स्वास्थ्य चौकीबाट भिडियो एक्सरे, सेवा मार्फत गर्भवती चेकजाँच, सामान्य भिडियो एक्सरे ,पेटको भिडीयो एक्सरे ,पीत्त थैली, मृगौला, पाठेघर, पिसाव थैलीका समस्या पहिचान तथा पत्थरी रहे नहरेको वारेमा समेत जानकारी दिने स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।
स्वास्थ्य चौकी सञ्चालनमा सहयोग पुर्याउने उदेश्यले प्राईभेट स्वास्थ्य संस्था भन्दा ५० प्रतिशत छुटमा भिडियो एक्सरे सेवा दिदै आइएकोमा निकट भविस्यमा सेवाग्राहीलाई निशुल्क भिडियो एक्सरे सेवा तथा अन्य विशेष सेवा दिने योजना बनिरहेको र सुविधा सम्पन्न अस्पतालको रुपमा विकासको लागि समेत पहल भइरहेको र स्वास्थ्य चौकीलाई स्तर बृद्धि गरिन थालेको वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । अर्घाखाँची , प्युठान र दाङ जिल्लाको केन्द्रमा रहेको लालमटिया स्वास्थ्य चौकीको अवस्थामा बृद्धि गर्दै आकस्मीक विरामी भर्ना तथा सामान्य शल्यक्रिया सेवा दिने तयारी समेत गरिएको छ ।