भाँसिएको लमही – घोराही सडक खण्ड एकतर्फी सुचारू
प्रकासित मिति : २०७७ भाद्र २८, आईतवार १७:०८
प्रकासित समय : १७:०८
दाङकाे लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जंगलमा पक्कि सडक भाँसिएको छ । सडक भाँसिए सँगै दुर्घटनाको खतरा पनि बढेको छ ।
आइतवार विहान ५ बजेको समयमा सडकको दायाँ पट्टीकाे भाग खाेलामा पहिराे बनेर झरेपछी आवात जावातमा खतरा बढेको छ । करिव १५/२० मिटरको दुरीमा सडक भाँसिदा दुबै साईड चिराचिरा परेको छ ।
अन्य भाग समेत भाँसिने खतरा बढेको स्थानीयहरूले बताएका छन् । समयमै सडक मर्मत नहुने हो भने पुरै सडक पहिरोले लैजाने खतरा समेत रहेको स्थानीयले बताएका छन् । सडक डिभिजन कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक पाेष्ट लमहीकाे टाेली, जेसिबि सहित पुगेकाे टोलीले सडक मर्मत गरेपछि एकतर्फी बाटो सुचारु भएको हो ।