दुईबर्षदेखि २७ बर्षिय सुनार बेखबर, खोजी गरिदिन आफन्तको आग्रह
कञ्चनपुर, कञ्चनपुर चाँदनी दोधारा महाकाली नगरपालिका वडा नं ६ का अमर सुनार दुई बर्षदेखि बेपत्ता भएका छन । कामको शिलशिलामा भारत जाँदा उनि दुई बर्ष देखि बेपत्ता भएका हुन ।
महाकाली नगरपालिका वडा नं ६ दोधारा स्थित घर भएका अम्मर सुनार बिगत २ बर्षदेखि रोजगारिको शिलशिलामा भारतको चेन्नइ स्थित एक कम्पनीमा काम गर्दै आएका थिए । उक्त स्थानमा रोजगार गरिरहेका अम्मर गत २ बर्षदेखि सम्पर्क बिहिन भएको श्रीमती ज्योती सुनारले जानकारी दिइन । ज्योतिका अनुसार उनि एकिन ठेगाना नभई कहिले चेन्नई र कहिले बैङ्ग्लोर भन्दै आएपनि पछि एक्काशी बेखबर भएको बताइन ।
छोरो बेखबर भएको भन्दै अमरकी आमा बिमला सुनारले खोजीगरीदिन आग्रह गरेकी छन । २७ अमरका १ छोरा र १ छोरी रहेका छन । ८ बर्षे छोरा र ४ बर्षे छोरिका बाबू अम्मरलाई परिवारको तर्फबाट भने जहाँ भएता पनि फोन सम्पर्क गर्न र घर फर्किदिन आह्वान गरेका छन। छोराको खुशिको लागि आफू जे गर्न पनि तयार भएको भन्दै नटाढिन र घर फर्किन अनुरोध गरेका छन ।
जहाँ भएपनी र जस्तो अवस्थामा भएपनी घर र परिवार सङ्ग निम्न नम्बरमा फोन गर्न अनुरोध गरेका छन। उनिहरुले कुनै आफन्तजनहरुले फेला पारे ९८१२६०७७८६ भारतका लागि ७५३५१९८७१ सम्पर्क गर्न अनुरोध गरेका छन ।