भोगाईको दस्तावेज जस्तो लाग्छ जीवन : कवियत्री पोख्रेल

भलाकुसारी

पछिल्लो चरणमा युवा पंक्तिमा कविता बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा कविता सर्वाधिक लोकप्रिय पुरानो साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली कविताको अबस्थाको बारेमा नेपाली कबिता श्रीवृद्धीकालागि अमुल्य योगदान निभाई रहनु भएकि पुर्ब भोजपुर अरुण गाउँपालिका वडा नं ५ बस्ने प्रतिमा पोख्रेलसंग हाम्रा साहित्य सम्पादक धिरेन अनुपमले गरेको साहित्यिक भलाकुसारी ।

कुसे न्युजमा यहाँलाई स्वागत छ ।

धन्यवाद ! साथै नमस्कार धिरेन जि सम्पुर्ण साहित्यिक मनहरुलाई नमन तथा अभिवादन छ । म प्रती तपाईंमा उठेका जिज्ञासाहरुलाई सरल तवरले प्रति उत्तर दिने कोशिश गरेको छु । मेरो साहित्य पाटो र समाजसेवालाई लिएर सम्झि भलाकुसारी गर्ने मौका दिनु भएकोमा म आफु गर्भित छु ।

अचेल यहाँका दिनहरू कसरी व्यतित हुँदै छन् ?

कसरी भन्नु भन्दा पनि अहिले कोभिड १९ महामारी ले बिश्व लगायत हाम्रो देश नेपालमा पनि चिन्ताले भरिएको भयानकको कोक्रोमा हल्लिरहेको बेला सबैका दिनचर्याहरु लगभग उस्तै तवरले बेतित भएको महसुस गरेको छु । फरक भनेको केहि सिर्जनशीलताको कलम उठाउने भएकाले सिर्जनाको बियाँ फुटाएर डायरीमा भर्ने काम र विभिन्न पुस्तक र पत्रपत्रिकाहरुको अध्ययनको क्रम चल्दै छ ।

कविता लेखन कर्ममा कसरी बामे सर्नु भयो ? र तपाई को बाट अभिप्रेत हुनु भयो ?

म साहित्यिक कोखमा कतिखेर गर्भधानको बास पाँए त्यो तिथी र मिति त एकिन भन्न सक्दिन तर पनि ममा सानैदेखी सिर्जनशीलताको भावनाले मानष्पट्लमा डेरा जमाइसकेको थियो जबकि आफु कक्षा ५ मा पढ्दा लेखेको कविता जो नारिलाई कस्तो बिवस्था भन्ने कविताले नै मेरो साहित्यमा पर्दापर्ण वा छलाङ मारेको अथवा आरम्भ हो भन्न सक्छु ।

तर नेपालको ६८ प्रतिशत भुभाग ओगटेको पहाडी प्रदेश भित्र को जन्म अनि गाउँको बसाइ विभिन्न कामहरुको लडाइँसंगै साहित्यको महत्त्व नबुझी कविता लेखनका आरम्भमा लेखिएका हरेक रचनालाई संरक्षण र संवर्द्धन नगर्नाले धेरै सिर्जनाहरु हराएता पनि जिवनी चरणको बीचबीचमा अनेकौं टक्कर र ठक्करको वाब्जुद्वमा पनि छोडिदै, मोडिदै र अगाडी देखापरेका तगाराहरु पन्छाउदै भएपनी मुलको पानी झैं उर्मिरहने सिर्जनाका संवाहकहरुले कहिलेहि विश्राम लिन सकेन र सिर्जनामा उभिएको कलम गलित बनि सुतेन त्यसैको अलवा साहित्य लेखनिको क्रम आज यहाँसम्म आइपुगेको महसुस गर्दछु ।

म यहाँ सम्मको साहित्य हिडाइमा जहाँसम्म अभिप्रेरणाको सन्दर्भ हो जो त्यो मलाई प्रेरित गर्ने कुनै ब्यक्ति हुनुहुन्न त्यो सौभाग्य मैले प्राप्त गर्ने अवसर पाइन तर विभिन्न साहित्य कर्मीहरु को लेख रचना ,साहित्यिक पत्रीका ,विभिन्न मिडिया बाट र पाठकहरुले दिनु भएको उत्प्रेरणाका उर्जाहरुले भने मलाई अवश्य नै प्रेरणा प्रदान गरेका हुन् वा अभिप्रेरित साहित्यकार वा कविकार हुँ भन्न मिल्छ।

तपाईं कुन कुन साहित्यिक संस्थामा आवद्ध हुनु हुन्छ ? र पुर्वको साहित्यिक माहोलको अवस्था बारे बताई दिन सक्नु हुन्छ की ?

आफु केहि साहित्यिक संस्थामा रहेता पनि साहित्यिक संस्थाको पदिय पगरिको पहिचान दिरहनु आवश्यक ठान्दिन जवकि बिभिन्न साहित्यिक गतिविधिमा रहेर सिर्जनाका बिज छर्न रुचाउने साहित्यिक सोच बोकेको मान्छे हुँ बाँकि समय ले भर्र्याङ् चढाउँदै लाने हो । पूर्वीको साहित्यिक माहोलकोअवस्था भन्दा निक्कै राम्रो छ । कोभिडको असरले संसारलाई थला पारेको छ त्यसको असर पनि यहाँ नपर्ने भन्ने कुरै भएन।

तर पनि विभिन्न कालखण्डमा पुर्वका साहित्यिक हस्तीहरुको बासस्थान भएकै नाताले पनि त्यसको असर यहाँ का नव साहित्यकारमा पर्ने नै भयो । र समग्रहमा राम्रो नै छ । त्यसको अलबा पूर्वको का अग्रज देखि अनुज सम्मका साहित्यकारलाई प्रोत्सान गर्न केन्द्र ,प्रदेश ,स्थानीय तह लगाएत बिभिन्न संघसस्था र निकायहरुबाट मान सम्मान तथा प्रमाणपत्रहरु दिएर नव सर्जकहरुलाई उत्प्रेरित जगाउने कार्य भएको पाईन्छ।

जीवन,मुत्यु र संस्कार केहो जस्तो लाग्छ र साहित्यमा त्यसको प्रभाव कस्तो रहन्छ ?

जीवनको परिभाषा दिने क्रममा आफ्नो आफ्नै दृष्टिकोणबाट परिभाषित गरेको पाइएको भएता पनि जिवन एक सकारात्मक नकारात्मक वा राम्रा नराम्रा पक्षको समिश्रण तथा जीवनमा आइपरेका सम्पुर्ण जन्मकाल देखी अन्त्य सम्म हुने जिवन भोगाइको एक मिश्रित अनुभवको एक जिवित संगालो हो।मृत्युलाई दुइ प्रकारले हेरेको पाइन्छ पहाड जस्तो ओजिलो,प्वाँख जस्तो हलुङ्गो जन्मे पछि मृत्यु सत्य हो तर मृत्यु कस्तो रोज्ने त्यो सचेत नागरिकले बुझन जरुरी छ।संस्कार समाजलाई बाधेर राख्ने बन्धन वा समाजलाई सकारात्मक दिशातिर डोर्‍याउने बलियो सामाजिक कानुनी मेरुदण्ड हो ।

हाम्रो देश नेपाल त्यसैपनि पितृसत्तात्मक मुलुक हो यस भित्र रहने सम्पुर्ण नेपालिहरुको बिभिन्न जातजाति ,भाषा धर्म, आ(आफ्नै भेष भुसा ,रहनसहन ,संस्कार संस्कृती पुस्तौंदेखि चलिआएको छ जस्मा संस्कार संस्कृती भित्र आफ्नै नितिनियम कानुन हुन्छन् ।सबै संस्कार मान्य हुन्छन् भन्ने छैन कति कुसंस्कारहरुले समाजमा नराम्रो जरो गाडेर बसेको हुन्छ त्यस्ता संस्कारहरुलाई समय सापेक्ष परिमार्जित र परिस्कृत गर्दै लैजानु पर्ने हुन्छ भने कति संस्कारहरु भावी सन्ततिहरुका लागि अनिवार्य र अपरिहार्य हुन्छन् यिनै संस्कार संस्कृति भित्र रहेर साहित्य सिर्जना मार्फत राम्रो र नराम्रो पक्ष केलाइ सवल नैतिकवान साथै आजको युगले मागेको सभ्य समाज समुदाय निर्माण गर्ने परिकल्पनामा डुबेर साहित्यिक निबहरुले अर्थवान शब्द ओकल्न सक्नुनै संस्कार भित्र साहित्यिक प्रभाव हो ।

साहित्यको वर्गीय चरित्र हुन्छ की हुदैन ?  तपाईंले  साहित्यले कसको पक्षमा वकालत गरेको हुनुपर्छ भन्ने लाग्छ ?

साहित्यका हरेक विधामा वर्गीय चरित्र देखिएको पाइन्छ यो स्वभाविक पनि हो किन भने हाम्रो समाजमा बिभिन्न बर्गहरु हुन्छन् ।साहित्य समाज संग सम्बन्धि बिषय भएको कारण समाजमा बर्गहरु हुने बित्तिकै साहित्य सिर्जनाको प्रभाव पनि त्यही प्रकारले पर्न जान्छ । यसर्थ समाजमा वर्गीय चरित्र जहाँ पनि देखिन्छ ।साहित्य ले जुन बर्ग को यात धनी होस यात गरीब होस चाहे सर्वहारा बर्गहोस् कि महाराजहरुको प्रशस्तिका बर्ग किन नहोस् जुन बर्गको जुन बिषयमा वर्गीय चरित्र चित्रणलाई दुखान्त या सुखान्त ,वियोगान्त होस् त संम्योगान्त सबै बिषयमा चरित्र चित्रण गरिएको पाइन्छ । साहित्यकारहरुमा यो चरित्र आवश्यक छैन किनभने सबैले लेख्ने साहित्य नै हो त्यो जुन बर्गको भएपनी समाजको सकारात्मकतामा केन्द्रित हुन आवश्यक ठानिन्छ।

तपाईं एक शिक्षिका पनि र यौटा पुर्वको नारी कवियत्री पनि हुनुहुन्छ। हेर्दा यी दुइवटा पाटो एक अर्काका परि पूरक जस्तो देखिए पनि उदेश्य फरक छ। तपाईंलाई सबै भन्दा निभाउन कठिन कर्तव्य कुन पाटोको हो जस्तो लाग्छ ?

तपाइले राम्रो प्रश्न गर्नु भयो मित्र तपाईंको प्रश्नको लागि यहाँलाई धन्यवाद । हो म एक शिक्षिका पनि हुँ । हजुर को प्रश्न अनुरुप हेर्दा शिक्षण र साहित्य यि दुइटा पाटो एक अर्कामा परिपुरक जस्तो देखिए पनि उदेश्य फरक छ भन्नु भएको छ । पक्कै पनि साहित्य र शिक्षण यी दुइमा उदेश्य फरक फरक नै बोकेका छन् मेरो विचारमा पनि शिक्षण भनेको अशिक्षा ले भरिएको कालो चुक घोप्टिएको ठाउँमा शिक्षाको दीप जलाई अहिलेको ज्ञान् बिज्ञान र विभिन्न सुचना प्रविधि संग सामेल भइ शैक्षिक जगतमा प्रतिस्पर्धाको भावना राखी आफु र राष्ट्रको लागि आत्मा निर्भर एक योग्य कुशल नागरिक उत्पदन वा तयार गर्न सकिन्छ ।

विभिन्न शिक्षण बिधि ,क्रियाकलाप , आन्तरिक वा बाह्य मुल्यांकन बिधिहरु प्रयोग गरि विद्यालयको कक्षामा राखी शिक्षाको उदेश्य अनुरुप शिक्षा शिक्षण गरिन्छ भने साहित्य पाटो शिक्षाको आडमा बसेर स्वतन्त्र रुपमा देश समाज र त्यस् भित्र रहेका प्राकृतिक सम्पदा ,संस्कार संस्कृत, भेष भुशा, जाती ,धर्म विकृति बिसंगति ,वर्गीया विभेद जातिय विभेद, लैङ्गकि विभेद,हर्ष उल्लास र माया प्रेम आदि बिषय लाई शीर्षक बनाएर आफ्नै भाषा शैलीम मनका भावनाहरु प्रस्फुटन गरि बाहिर अरु माझमा पस्कनुनै साहित्य को मुल उदेश्य ठान्छु ।यी दुइपाटो लाई संगसङगै लैजानलाई कुनै अप्ठ्यारो ,असहज र अलमलिनु पर्ने कुनै अष्ट्पस्ट्ताको महसुस भएको छैन र अबका दिनमा पनि हुन्न भन्ने आसाजनक छु किनकी आफुलाई अडिग र अडानमा राखेर जुनसुकै काम गर्दा पनि मेहनत ,लगनशीलता र साधनाका साथ काम गर्दै जानु पर्छ त्यसैले जुनसुकै बिषयको पनि कर्तव्य निभाउन केहि ढिलासुस्ती भए पनि संगसंगै लान सकिन्छ गारो हुन्न ।

जीवन केहो जस्तो लाग्छ यहाँ लाई ?

जीवन भोगाईको दस्तावेज जस्तो लाग्छ जीवन ।

तपाईंको विचारमा साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ र कविता कविता हुनको लागि चाहिने तत्व केह‍ो ?

साहित्य साहित्य जस्तै हुनुपर्छ ।साहित्यिक सिर्जना भित्र एक प्रकारको चुरो वा गुदि हुनु आवश्यक छ सिर्जना अर्थपूर्ण साथै भाव बोकेको हुनुपर्छ । तपाईंले कविता कविता हुनलाई चाहिले तत्व खोज्नु भएको छ कविता का तत्वहरु धेरै हुनसक्छन् म छोट्करिमा तपाईंको उत्तर दिन चाहान्छु जो शीर्षक ,भाव ,बिम्ब ,अर्थपूर्ण शब्द ,शब्द समायोजन ,बर्णविन्यास र बिभिन्न रस र अनुप्रासहरुले कविता श्रृङ्गारिएको हुनुपर्द्छ ।

मानव जीवन र यौनलाई कसरी बुझ्नु भएको छ  ? मानव समाजमा यस्को अन्तर सम्बन्ध कस्तो रहन्छ  ?

प्रश्न को लागि यहाँ लाई धन्यवाद छ मानव जीवन को लागी यौन को कुरा गर्ने हो भने गाँस ,बास ,कपास र यौन मानिसका लागि नभई नहुने आधारभूत आवश्यकता भित्र पर्छन् ।जो एक सिक्काका दुई पाटा हुन ।जबकी मानव जीवन र यौन आपसमा अन्तर सम्बन्धित कुरा हुन् । नत मानव बिना यौन नत यौन बिना मानव जीवन यि दुइ बस्तु बिना मानव सृष्टिको रचना को कल्पना पनि गर्न सकिदैन यो कुरा स्पष्ट छ।यौन लाई हेर्ने दृष्टिकोण संङकुचित र सागुरो भए पनि यो समाज मानवीय जीवन अस्तित्व यसैमा निर्भर छ।त्यसैले यौन भन्नासाथ मानव जातिमा मात्र लागु हुने होइन किनकी यो पृथ्वी जगतमा जे जति सजिब प्राणी अवस्थित छन् ति सम्पुर्ण जीव जगतमा यौन को चक्रबियु चलिरहन्छ । यौनका आफ्नै नियम छन् नियम बिपरितका कर्म हिंसा र बिकृति हुन्छन् ।

यस्मा बिकृती यौन होइन प्राकृतिक यौन ले समाजलाई जीबित राख्छ अस्तित्व प्रदान गर्छ ।तर यौन लाई सुक्ष्म विश्लेषण गरि हेर्ने हो भने आज समाज यौन दुव्र्यवहार ले ग्रसित र त्रसित छ जबकी अनेकौं यौन दुव्र्यवहारका केशहरु अदालतमा चाङ लागेको सुनिन्छ । मलाई लाग्छ यसो हुनुमा यौन सम्बन्धि शिक्षा विद्यालय तह देखिनै बिस्तृत नहुनु ,रोजगारको अवसर आफ्नै देशमा नभई युवा शक्तिहरु बिदेशिनु , गरिबिताको रापमा सेकिनु।अनि र आफ्नो पद प्रतिष्ठा , हैसियत र नातागोता दाजुभाइ दिदीबहिनीको सम्बन्धलाई कायम राख्न नसक्नेहरुले यौन लाई बिकृतिको बिल्ला बनाउन पुगेका छन् जस्ले गर्दा कत्तिले आफ्नो पद समेत गुमाउन पुगेका छन् भने कत्तिले आफ्नो घरबारमा बाडी चलाउन पुगेका छन् ।

यद्यपि जीवन र यौनलाई सहि तरिकाले नहिडाउने हरुले बजारको सस्तो बिक्रीको बस्तु ठानी पैसामा किनबेच गर्न समेत पछि परेका छैन ।यसो भइरहनुमा कानुनी मापदण्डहरु फितलो हुनु हो। आफ्नो हैसियत थापाएर पनि थाहा नपाए झैं गर्नु र आफुलाई पहुँचवान ठान्नु यस्तै यस्तै कारणले यदाकदा यौन दुरुपयोग देखिए वा सुनिए पनि अन्त्यमा यहाँलाई यो भन्छुकी मानवजीवन र यौन मानव समाजका लागि एउटै तुलोका बराबरका ढक हुन् जस्को सम्बन्धले मानव रचना र समाज निर्माणकार्य सम्भावना छ।

नेपाली साहित्यलाई अनुउत्पादक क्षेत्र भन्ने गर्छन्  । यस बिषयमा तपाईंको धारणा केहो ? र राज्यले के गर्दिए हुन्छ भन्ने लाग्छ ?

नेपाली साहित्य अनुउत्पादक क्षत्र हुँदै होइन जस्तो लाग्छ। अज नेपाली साहित्यकै माध्यम द्वारा हामी पनि यो पहुच सम्म पुगेका छौ भन्ने मेरो दृष्टिकोणहो । नेपाली कविता उपन्यास कथाहरु पनि बिदेशी भाषामा उल्था भएर छापिएका सकमाचारहरु सुन्न पाउछौं । यो त राम्रको कुरा हो नी । यो निश्चित हो राज्यले श्रष्टाहरुको पक्षमा जनपक्षिए काम गरेको छैन।

तपाईं लाई मन पर्ने साहित्यकार र मन पर्ने पुस्तक कुन हो ?

म यहि साहित्यकार मन पर्छ भनेर किटान गर्न चाहान्न मलाई नेपाली साहित्यका अपबाद बाहेक सबै साहित्यकारहरु मन पर्छन् ।सबै साहित्यिक सर्जकहरुका लेखनिमा आ(आफ्नै भावना ,ब्याक्तित्व ,बिचार ,दर्शन ,भाव, र ओजन हुन्छन् ।त्यसैले सबै अग्रज साहित्यकारहरुलाई सम्मान गर्छु ।समकक्षी र अनुजहरुमा पनि आत्मियता बाड्न रुचाउछु र बाडिरहेको छु।तेसैले यो चाहि मन पर्छ भनेर एउटा तोक्नु पर्ने ब्यक्ति कोहि छैन र पुस्तकका हिसाबले पनि यहि पुस्तक मलाई मन पर्छ भनेर भनिरहन आवश्यक ठान्दिन प्रायः बजारमा आएका राम्रा पुस्तकहरु म सबै पढ्छु । सबैका आ आफ्नै विशेषताहरु हुन्छन् ।आफ्नो आफ्नै महत्व हुन्छ ।म आफ्नै ढंगले बुझ्छु आफ्नै बुझाइ भित्र विश्लेषण गर्द्छु ।

सुख र संघर्षलाई कसरी बुझ्नु हुन्छ साहित्यमा त्यस्को प्रभाव कस्तो रहन्छ ?  तपाईंको जीवनमा लुकामारी कुन पक्षले बढी खेल्यो बताई दिनु हुन्छ की ?

ओहो निकै मिठो र आवश्यकिय प्रश्न गर्नु भयो यहाँ लाई धन्यवाद जीवन संचालनका क्रममा विभिन्न समयमा समय, परिवेश परिस्थिति अनुसार जीवनका हरेक कालखण्डमा अनेकौं दुस्ख सुख आरोह अवरोह, घुम्ती मोड ,उकाली ओराली र यात्रा को बिचबिचमा चुनौतिका भीमकाय पहाडहरु देखा पर्नु स्वभाविक हो ।मलाई लाग्छ जीवनमा संघर्ष आइरहनु भनेको सफलताको प्रतिक देखा पर्नु हो। हरेक मानिसमा संघर्ष देखा पर्ने चरणहरु हुन्छन् मात्रै घट्ना प्रकृति फरकफरक हुनसक्छ ।तर म कुनै काम गर्दै जादा देखा पर्ने समस्यालाई नै संघर्ष भन्छु ।त्यही समस्यालाई संघर्षपुर्ण समाधान गरि सफलता प्राप्त गर्नुनै सुख भन्छु ।

मेरो जीवनमा सुख र संघर्ष बराबर हिसाबमा साथ लागेर हिने जस्तो लाग्छ ।मलाई यो लाग्छकि समस्या र संघर्षबिनको जीवन अर्थबिहिन लाग्छ जस् भित्र यथार्थ जीवन भेट्टाउदिन ।जीवनमा एक पछि अर्को समस्या आइरहनु पर्छ ति समस्यासंग संघर्षका साथ जितेर सफलता हात पार्न सक्नु वा खुसी प्राप्त गर्नुनै जीवनको यथार्थता पाउनु हो भन्छु। जसरी ठेकि भित्रको दही र मदानिको लडाइँले राम्रो नौनी घ्यू निस्क्न्छ ।त्यसरिनै मलाई पनि आफ्ना सफलता वा खुसी भित्रीनलाई समस्या भित्रको संघर्ष आइरहोस् अनि आफुले गरेका कामको सफलता चाहाने र असफलता चाहाने दुबै पक्षको क्रिया प्रतिक्रिया आइरहन अति आवश्यक ठान्छु त्यो नै समाजले मेरो खुसी प्राप्तिको अवसर दिलाइदिएको महसुस गरि हर्षित हुन्छु।त्यो त जीवनमा केहि संघर्षका घनहरुले हाने पनि मलाई त्यो सामान्य भन्दा सामान्य लाग्छ त्यसैलेत खुसी र संघर्षले एकैसाथ लुकामारी खेल्दै चियाएको जस्तो लाग्छ ।अफसोच  दुबै एकै साथ आइरहेको हुनुपर्छ ममा।

अध्यापन गराउने तथा साहित्य सृर्जना गर्ने अलबा समाज सेवामा तपाईंको सहभागिता कसरी रहने गरेको छ बताई दिनु हुन्छ कि ?

 सबैलाई चासोको बिषय बनेको कुराको प्रश्न गर्नु भयो यहाँलाई असिम धन्यवाद ।हो म एक स्थायी शिक्षक हुँ साहित्य लेखनमा कलम चलाउने पनि गर्छु ।यि दुइपाटो लाई साथै हिडाउने गरेको छु ।तर यि दुइपाटो भन्दा महत्त्वपूर्ण बिषय समाजसेवा नै हो ।यहाँको कौतुवल लाई म यसरी मेटाउछुकी जो मेरो समाजसेवा गर्ने इच्छा यतिबेला जागेको होइन जबकि आफु सानै छदादेखिनै गाउँ समाजमा गरीब ,दिनदुस्खी असाय अनाथ र रोगी वृद्ध देख्दा मनमनै कल्पना गर्थे यस्ता मान्छेहरुको सेवा गरि धनी बर्गको जस्तै खुसी उनिहरुको चेहरामा भर्नपाए उनीहरुको आत्मा कति खुसी हुनेथियो होला जस्ता सोच तरंगित हुने गर्दथ्यो ।

त्यो दृश्य मेरो मानष्पट्लबाट स्थाई रुपमा बसिरहयो।सायद मेरो मनको कुरा भगवानले बुझेरनै होला दिन हरु बितै गए आफु सानो जागीर वा शिक्षण पेशामा काम गर्न थाले यसै बखत ति मेरा सपनाहरूलाई बिपनामा परिणत गर्ने मौका पाए र आफुले अध्यापन गराउने विद्यालय जो श्री पञ्चकन्या आ।वि ।याकु कट्टी बाट २०६३ साल देखी अफ्नै खाइपाई आएको तलबलाई आफ्नो घर खर्चबाट थोरै उभारेर अभिभावक बिहिन १४ जना बालबालिकाहरु र अन्य विद्यालयका गरि जम्मा २४ जना अभिभावक बिहिन बालबालिकाहरुलाई बार्षिक रुपमा विद्यालय पोसाक र शैक्षिक सामग्री साथै केहि सिमित विद्यार्थी लाई थोरै मात्रामा वार्षिक छात्रवृत्ति वितरण गरि आफ्नो सेवलाई हाल सम्म निरन्तरता दिदै आएकी छु  ।

यसै गरि अर्को एकजना अरुण गाउँपालिका वडा नं ५ बस्नेआर्थिक अवस्था साथै कोहि आफन्त नभइ शारीरिक असक्त भइ थला परेकी वृद्ध विद्ववा एकल महिला कुमारी ढकाललाई पनि यहि गत साल आर्थिक बर्ष २०७७ देखी तलबको केहि हिस्सा जोगाएर मासिक रुपमा रु ५०० का दरले भत्ता दिने गर्दै आएकी छु।मैले समाजसेवा गर्ने प्रेरणा कसैको देखेर होइन कसै बाट प्रेरणा लिएको पनि होइन अनि कसैसंग चारपैसा मागेर यो काम थालेको वा गरेको पनि होइन शुद्ध आफ्नो तलब हो ।यसको अलवा आफ्नो नाम अगाडी ल्याउने वा कमाउने हेत्तुले कुनै हालतमा हुदैहोइन ।काम गर्दै जादा अरुले चिन्नु स्वभाविक हो ।

तर मेरो मन जतिबेला अरुको सेवा गर्न पाएको हुन्छु त्यतिबेला मात्रै खुसी भएको हुन्छ ।सेवानै सबै भन्दा ठुलो धर्म हो भन्ने लाग्छ मलाई ,मेरो विचारमा उन्नत समाज र समृद्ध नेपालको परिकल्पना गरि देशलाई रुपान्तरण गर्नका लागि कुनै पद ,तह तप्कामा र नीतिमा आवद्ध हुनैपर्छ जस्तो लाग्दैन आ(आफ्नो ठाउँबाट आ(आफ्नो सिप क्षमता र सामर्थ्य अनुसार निस्वार्थ पुर्ण योगदान गर्नु नै मानवीय भित्र रहेको स्वविवेकको सामाजिक उद्वारताको झलक हो जस्तो लाग्छ।

अन्तमा मैले सोध्न भुलेका र तपाईंले राख्न चाहेका बिषय बस्तु छन् भने राख्न सक्नु हुने छ ?

उत्तर ( बिचारहरु बिनिमय गर्दा विभिन्न सन्दर्भमा भिन्नभिन्न तरिकाले प्रस्तुत गर्ने गरिन्छ ।मैले तपाईंले सोधेका सवाल माथि जवाफ दिने प्रयत्न गरे ।नेपाली साहित्यमा जो जहाँ बसेर कलम चलाएपनी सबै साहित्यिक मनहरु एकता हुनु अनिवार्य हुन्छ। हमिले जेजती लेख्ने रचनाहरु मातृभूमि ,प्राकृतिक ,जीवजन्तू र समाजलाई आधार बनाएर तिनैका खातिर लेखिने रचना हो।त्यसैले समाजलाई पच्ने र पचाउ सक्ने खालका हुनुपर्छ ।सहज,सरस सरल भाषामा माझिएर लेखिएको रचनाले पाठकलाई बोध गर्न सजिलो पर्छ ।

त्यसैले रचना सजिला र रसिला हुनुपर्छ भन्ने लाग्छ ।संस्कृतका अप्ठ्यारा शब्दहरु राखेर साहित्यलाई क्लिष्ट बनाएर ठुला साहित्यकार कहलिने समय यो होइन ।सजिलो बोधगम्य भाषामा रसिला रचनाहरु प्रस्तुत गर्न सक्ने साहित्यकारहरुको खुवीलाई अहिलेको समाजले रुचाउँछ जस्तो लाग्छ ।यसमा कसैको असहमति नहोलाकी  ?अन्त्यमा मलाई यो छोटो संवाद गर्ने अवसर दिनु भएकोमा कुसे न्युज परिवार र यसका साहित्य सम्पादक आदरणीय  धिरेन अनुपम प्रति धेरै भन्दा धेरै कृतज्ञ छु ।